२०८१ मंसिर ७ , शुक्रवार

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।आज पशुपति आर्यघाटमा अन्त्येष्टि अघि सानो गौचरणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदै छन् ।