२०८१ मंसिर ३ , सोमवार

फोटो प्रतियोगितामा प्रदिपको तस्विर उत्कृष्ठ

Capture

सुनाखरी न्युज/ पोखरा।

फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगितामा प्रदिप श्रेष्ठ विजेता बनेका छन् भने अको विधा नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगितामा सजिनमणि पौडेलको फोटो विजेता बनेको छ। फोटोग्राफर संघ गण्डकी प्रदेशको चौथोे साधारण सभा तथा दास्रो अधिवेशनको अवसरमा उक्त प्रतियोगिताको पुरस्कार वितरण गरेको हो। संस्थाले मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगिता र नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगिता गरि २ बिधामा प्रत्येक वर्ष फोटो प्रतियोगिता गर्ने गरेको छ । करिव २ सय जना फोटोग्राफरहरु सहभागी रहेको प्रतियोगितामा करिव एघार सय तस्बिरहरु सहभागि भएका थिए । मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगितामा सर्बौकृष्ठ भएका प्रदिप श्रेष्ठ ले रु १५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र पाएका छन् ।

तेसैगरी नेचर एण्ड लैण्डस्केप बिधा तर्पm सजिनमणि पौडेलको तस्बिर सर्वोत्कृष्ट बन्दै नगद रु १० हजार सहित ट्रफी र प्रमाणपत्र पाएका छन्। मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगिता तर्फका अलग अलग पाँच बिधा तर्फ ब्राइड एण्ड ग्रुम पोट्रेट बिधा तर्फ सवातर््ेकृष्ठ नन्दु श्रेष्ठ, उत्कृष्ठ पाँचमा अबी घिमिरे, सानुकाजी महर्जन, भुवन श्रेष्ठ, संन्देश थापा ले बाजी मारे । बेष्ट कलरिड एण्ड रिटचिड तर्फ सवातर््ेकृष्ठ अबी घिमिरे, सुशील श्रेष्ठ, निरोज भण्डारी, विजय शर्मा, रामजी थापा उत्कृष्ठ पाँच मा पर्न सफल भए। बेष्ट मोमेन्ट क्याप्चर तर्फ उत्कष्ठ सुशील अधिकारी फोकस श्रेष्ठ, आलोक कुमाल, देव पोखरेल,रामचन्द्र पोखरेल उत्कृष्ठ पाँचमा पर्न सफल भए । कपल पोजिड अन वेडिङ डे तर्फ सवातर््ेकृष्ठ मा कृष्ण सापकोटा नन्दु श्रेष्ठ, पूरन थापा, बिसाल तामाङ, उदय थुलुङ उत्कृष्ठ पाँचमा पर्न सफल भए ।

यसैगरी टिपीकल कल्चर तर्फ सवातर््ेकृष्ठ प्रदिप श्रेष्ठ भए भने अस्मिर थापा, नारायणहरि अधिकारी, अशोक श्रेष्ठ र दिवस लम्साल उत्कृष्ठ पा“चमा पर्न सफल भए ।तेसैगरी नेचर एण्ड लेण्डस्केप बिधा तर्पm उत्कृष्ठ पांचमा पुर्ण बहादुर मौराती, राकेस गुरुङ , एलेक्स नेपाली, बिस्वास, बव शाई का तस्बिरले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।निर्णायक समितिले छनौट गरि सिफारीस गरेका तस्बिरहरुलाई कार्यक्रममा घोषणा सहित पुरस्कार वितरण गरिएको कुरा प्रतियोगिता संयोजक भक्त तामाङले बताए ।कार्यक्रमको प्रमुख अतिथि नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले उत्कृष्ट फोटोग्राफरहरुलाई मेडल तथा प्रमाणपत्र ले सम्मान गरेका थिए ।

कार्यक्रमा बिशिष्ट अतिथि प्रेस रजिष्टार बिमला भण्डारी , कैलाश सहकारीका अध्यक्ष खडानन्द अधिकारी अतिथि कृष्ण प्रसाद बांस्तोला,कमल पौडेल अथक,दिगम्वर राजबंशी,श्रीराम कँडेल, दिनेश अर्याल, हरि घिमिरे , प्रेम प्रसाद गौतम, प्रतियोगिता संयोजक भक्त तामाड, निर्णायक राज बुढा, पुरस्कृत फोटोग्राफर प्रदिप श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।स्वागत सहित संस्थाका गतिबिधि साथै फोटोग्राफी प्रतियोगिताको महत्वका बारेमा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेल ले प्रष्ट पारेका थिए भने उपाध्यक्ष नारायण बहादुर केसीले धन्यवाद मन्तब्य राखेका थिए। कार्यक्रममा सचिव को प्रतिवेदन साथै कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको थियो ।

संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा संचालित कार्यक्रम संस्थाका सचिव तुलसी राम सुवेदीले संचालन गरेका थिए । साथै शनिवार नै फोटोग्राफर संघ गण्डकीका उपाध्यक्ष नारायण बहादुर केसी को अध्यक्षतामा ११ पदेन जिल्ला संसोजक सहित ३१ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्य समितिमा अध्यक्ष नारायण बहादुर के. सी. बरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी प्रथम उपाध्यक्ष बलभद्र श्रेष्ठ, द्वितिय उपाध्यक्ष जिवन ढुंगाना, तृतिय उपाध्यक्ष घनश्याम पौडेल महासचिव प्रेम प्रसाद पराजुली, सचिव नारायण गौतम कोषाध्यक्ष रामचन्द्र पोख्रेल सह–कोषाध्यक्ष सुरेश रेग्मी, सदस्यहरुमा राममणी पौडेल प्रदीप पाठक, राजन अधिकारी, गणेश गैह्रे, आत्मराम पौडेल, बिकास खाँड रहेका छन् ।