सुनाखरी न्युज/ काठमाडौं ।
गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा मिति २०८१ मंसिर ८ गते शनिवारगरिमा विकास बैंकद्धारा १८औं वार्षिकोत्सवको अवसरमा “Garima Road Race Competition -2081″आयोजना गरिने आयोजना गर्दैछ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको Road Race Competition-2081 आयोजना गर्न गईरहेको छ । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् ।
खुल्लातर्फको १० किलोमिटर Road Race Competition-2081मा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेट तर्फको ५ किलोमिटरRoad Race Competition-2081 मा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुले मात्र सहभागिता
जनाउन सकिने बैंकले जनाएको छ।Garima Road Race Competition-2081 को महिला र पुरुषतर्फको गरी चारवटै प्रतिश्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हाँसिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः रु. ७५,०००/-, रु. ६०,०००/-, रु. ४५,०००/-, रु. ३०,०००/- र रु. १५,०००/- नगद पुरस्कार प्रदान गरिने छ ।
Garima Road Race Competition-2081प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले मिति २०८१ मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट www.garimabank.com.np तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ । निर्धारित सहभागी संख्या पुरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै, प्रत्येक बर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने बैंकले जनाएको छ ।२०८१ मंसिर ७ गते १८औं वार्षिकोत्सव मनाउन गईरहेको विकास बैंकले सो अवसरमा काठमाण्डौंमाGarima Road Race Competition-2081सहित देशभर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गर्दैछ ।