सुनाखरी न्युज/ काठमाडौं ।
सवारी ज्यान सम्बन्धी कसुरमा हिरासतमा रहेका झाँक्री प्रकाश भुजेल र मृतक परिवारबीच सहमति भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार, दुई पक्षबीच छलफलपछि अस्पतालमा रहेको शव उठाउने तयारी भइरहेको छ । उनले भने, ‘उहाँहरु मिलेर आउनुभएको छ, के के सहमति भयो भन्ने चाहिँ प्रहरीको जानकारीमा छैन ।’
काठमाडौंको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो ।दुर्घटनामा ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।