२०८१ पुष २९ , सोमवार

अध्यक्ष दाहाल, नेपाल र सभामुखद्वारा ढुङ्गानाप्रति श्रद्धाञ्जली

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उहाँले ढुङ्गानाको पार्थिव शरीरमा माल्यार्पण गरी सम्मान व्यक्त गर्नुभयो ।

त्यस क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुङ्गाना नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक व्यक्तित्वका रुपमा नेपाली जनताले सधैँ सम्झिराख्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “उहाँ र पद््मरत्न तुलाधर शान्ति सम्झौता र संविधानसभाको वातावरण बनाएर देशलाई लोकतान्त्रिक गणतन्त्रमा ल्याउन खेलेको भूमिका अविष्मरणीय छ ।”

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै २०४६ सालको आन्दोलनलाई सकारात्मक विन्दुमा पु¥याउन लोकतान्त्रिक योद्धाका रुपमा योगदान गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “संसद्मा सभामुखका रुपमा निर्वाह गर्दा संसद् प्रतिपक्षको भएकाले उसका आवाज र भूमिकालाई उजागर दिनुपर्छ भन्ने मान्यतामा दृढ हुनुहुन्थ्यो ।”

यसैबीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्व ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै संसद्लाई बलियो तुल्याउने प्रेरणादायी स्रोतका रुपमा संसदीय इतिहासमा स्थापित हुनुभएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “ढुङ्गानाजीले स्थापित गरेका उदाहरण र योगदानका पक्षलाई लिएर जानुपर्छ । त्यसलाई अठोट गरिसकेपछि व्यवहारमा उतार्न सकिन्छ, गर्नुपर्छ ।” यसैबीच नेपाली सेनाले तयार गरेको गाडीमा राखेर सानो गौचरनबाट स्व ढुङ्गानाको शवयात्रा पशुपति आर्यघाटतर्फ अघि बढेको छ ।  रासस