२०८१ पुष २९ , सोमवार

एमालेद्वारा दुःख व्यक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गरेको छ । एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्ति जारी गर्दै निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र न्यायिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्र्नुभएको छ ।

“‘सत्तापक्षको सरकार, प्रतिपक्षको सदन’ मान्यताका अनुयायी, संसदीय प्रणालीमा सभामुखको स्पष्ट मानक निर्माण गर्ने तथा सभामुखकीय तटस्थताको वकालत गर्ने स्व ढुङ्गानाको भूमिका सदैव स्मरणीय रहनेछ,” गौतमले विज्ञप्तिमा भन्नुभएको छ ।

आइतबार ८३ वर्षको उमेरमा उपचारका क्रममा फ्रन्टलाइन अस्पतालमा उहाँको निधन भयो । ढुङ्गाना वरिष्ठ कानुनविद्, मानवअधिकारवादी तथा नागरिक समाजका अगुवा पनि हुनुहुन्थ्यो । आज सरकारले उहाँको निधनमा शोक मनाउँदै सार्वजनिक बिदासमेत दिएको छ ।  रासस