२०८१ मंसिर ६ , बिहिवार

मुलुकको तीन महिनाको तथ्यांक सार्वजनिक, यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति

nrb

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले तीन महिनाको तथ्यांकको आधारमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

बैंकले
मंगलबार  सार्वजनिक गरेको रिपोर्टअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । यस्तै आयात ४।२ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले घटेको छ ।

यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.५ प्रतिशतले बढ्दा शोधनान्तर स्थिति १८४ अर्ब ९९ करोडले बचतमा रहेको बैंकले जनाएको छ ।

यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु।२२३२ अर्ब २८ करोड र अमेरिकी डलरमा १६ अर्ब ६० करोड रहेको छ भने नेपाल सरकारको खर्च ३२९ अर्ब २० करोड र राजस्व परिचालन २४८ अर्ब २६ करोड रहेको छ ।