२०८१ मंसिर ८ , शनिवार

प्रधानमन्त्री ओलीविरुद्ध किर्ते कागजात बनाएर प्रचार गर्ने दुर्गा प्रसाईँ प्रहरी नियन्त्रणमा

Durga Prasai

सुनाखरी न्युज/ काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।

भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।

सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए ।

सोही आरोपमा उनलाई पक्राउ गरिएको हो ।