सुनाखरी न्युज/ काठमाडौं ।
सानिमा बैंक लिमिटेडले २०८१ मंसिर ४ गते मंगलबारका दिन २०औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक बर्ष २०८०/८१ मा २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब, कुल निक्षेप १९९.३८ अर्ब तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि भएको बैंकले जनाएको छ ।
बैंकको वित्तीय परिसूचक (असार मसान्त २०८१):