सुनाखरी न्युज/ काठमाडौं ।
तीन दिनयता उकालो लागिरहेको सुनको भाउ प्रतितोला १ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार प्रतितोला ९ सय रुपैयाँ महँगिएको हो ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ महँगिएको छ । यस दिन चाँदीको मूल्य १९५० रुपैयाँमा झरेको छ ।