२०८१ मंसिर ६ , बिहिवार

नेप्सेमा ९ अंकको वृद्धि,७ अर्ब ९ करोडको कारोबार

share

सुनाखरी न्युज/ काठमाडौं ।

तीव्र उतारचढावकाबीच बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ।यस दिन नेप्से ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा बन्द भएको छ।बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ।

गत कारोबार दिन अर्थात् मंगलबार १० अर्ब ४६ करोडको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ९ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३ अर्ब ३७ करोड रूपैयाँ कमी आएको हो।आज ३२३ वटा धितोपत्रको एक करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर किनबेच भएको हो।