२०८१ पुष २८ , आइतवार

सडक र खोला मापदण्ड खारेजको माग गर्दै र्‍याली

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली निकालिएको छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिको नामबाट र्‍याली निकालिएको हो ।

ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट सुरु भएको र्‍याली माइतीघर मण्डलसम्म पुग्ने छ ।‘जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’ लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् ।

३ पुस २०८० मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।यो कार्यान्वयन गर्दा सयौंको उठिबास लाग्ने भन्दै कतिपयले विरोध जनाएका छन् ।