२०८१ मंसिर ६ , बिहिवार

प्रतितोला एक हजार बढ्यो सुनको मूल्य

gold-1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा आज बिहीबार पनि सुन–चाँदीको मूल्य बढेको छ।गत सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।

आज प्रतितोला एक हजार रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ।बुधबार प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ।