२०८१ मंसिर ८ , शनिवार

२६८० विन्दुमा नेप्से, ८ अर्ब २५ करोडको सेयर किनबेच

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक घटेको छ।

बिहीबार नेप्से ३१.३१ अंकले घटेर २६८०.४४ विन्दुमा बन्द भएको छ।यसदिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने केही बढेको छ।गत कारोबार दिन अर्थात् बुधबार ७ अर्ब ९ करोडको सेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब २५ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब १६ करोड रूपैयाँ वृद्धि भएको हो।आज ३१४ वटा धितोपत्रको एक करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर किनबेच भएको हो।