२०८१ पुष २८ , आइतवार

नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय भाडादरमा छुट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दश घण्टा बन्द भएको कारण तत्कालिन अवस्थामा विभिन्न वायुसेवाहरुको हवाई उडानहरु कटौति भएको र सोही समयमा नेपाल गन्तव्य उच्च पर्यटकीय मौसम तथा नेपलीहरुको महान् चाडपर्व समेत परेकोले हवाई यात्रुको संख्या वृद्धि भएसंगै उडानहरुको माग वमोजिम आपूर्ति हुन नसकेको हालको अवस्थामा हवाई भाडा अत्याधिक बढेको भन्ने जनगुनासो रहेको सन्दर्भमा नेपाल वायुसेवा निगमकोे हवाई भाडादर बजार माग तथा आपूर्तिको सिद्धान्त बमोजिम निगमको जहाज र सिट संख्याको उपलव्धताको आधारमा गत वर्षको सोहि अवधीको भाडादरको दायरा भित्र नै रहेको कम्पनीले जनाएको छ ।

निगमले नियमानुसार उपलव्ध गराएको दरभन्दा वढि मुनाफा लिएर कालोबजारी गरेको पाईएमा नियमानुसार कडा कारवाही गर्नको लागि सप्रमाण जानकारी गराएका छन् ।यस सम्वन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बिशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले राष्ट्रिय दायित्व निर्वाह गर्दै निगमको अन्तर्राष्ट्रिय सेक्टरहरुको भाडा दरमा देहाय वमोजिमको छुट सहित निगमको अन्तर्राष्ट्रिय टिकट विक्रि कार्यालयवाट टिकट लिन सकिने व्यवस्था समेत मिलाइएको छ ।

१. दिल्ली, मुम्वई र वैंगलोर सेक्टरको लागि बजार भाडादरमा रु. २५००/- सम्म छुट दिईने छ।

२. दोहा, दुवई, दमाम, क्वालालम्पुर, हङकङ, वैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा रु. ५०००/- सम्म छुट दिईने छ ।

उपरोक्त छुट जहाजको सिट उपलव्धता अनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने छ र सो को लागि यात्रु स्वयं परिचय पत्र सहित उपस्थित हुनु पर्ने कम्पनीले जनाएको छ ।नेपाल वायुसेवा निगमको सामाजिक उत्तरदायित्व अन्तर्गत २०२४ नोभेम्वर १ देखि २२ तारिख सम्मको अवधिमा सम्वद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस भनि डाक्टरको रिपोर्ट रNepal Cancer Relief Societyको सिफारिसमा निगमको काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको हवाई भाडादरमा ३७ जना अर्वुदरोग भएका विरामीलाई १००% छुटमा, ३३ जना निज विरामीहरुका कुरुवाहरुलाई ५०% छुटमा टिकट उपलब्ध गराइएको छ । त्यसैगरी २१ जना सरकारी कर्मचारीहरुलाई १५% छुटमा टिकट उपलब्ध गराइएको जानकारी दिए ।