२०८१ मंसिर ८ , शनिवार

एमालेको सभाले काठमाडौंको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त, सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने

KP_OLI

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा आज सभा गर्दै छ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।

सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्‍याली निकाल्ने छ । र्‍याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने छ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।

 

एमालेले नेतृत्व गरेको वर्तमान सरकारले गरेका कामको प्रचार र भ्रमलाई चिर्ने उद्देश्यले जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ ।

यो सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।