२०८१ पुष २७ , शनिवार

रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा आएको छ । सैद्धान्तिक भन्दा पनि अर्थतन्त्रका विविध विषयगत क्षेत्रहरुमा पुस्तक केन्द्रित रहेको लेखकले जनाएका छन् ।पुस्तकमा आफ्नै मौलिकतामा देशको विकास निर्माणलाई अघि बढाउनुपर्ने तर्क अघि सारिएको छ ।

पुस्तकमा भनिएको छ ‘नेपाली अर्थतन्त्रको विकल्प भनेको मौलिक हिसावको विकास निर्माण हो । संसारका देशहरुले आफ्ना–आफ्ना सवलता, प्राकृतिले दिएका विशिष्ठ स्रोतसाधन अनुसार विकासलाई अघि बढाएका छन् । नेपालले पनि एउटा भुपरिवेष्ठीत, पहाडी एवं हिमाली देश भएको नाताले प्राकृतिक स्रोत, साधन, भौगोलिक परिवेश, मौलिक सँस्कार तथा सँस्कृति अनुरुप विकासको बाटोमा अघि बढ्नुपर्छ’ ।

पुस्तकमा मौलिकताको विषयसँगै वित्तिय क्षेत्र, सहकारी, बिमा, जलविधुत, शेयर बजार, पर्यटन जस्ता अर्थतन्त्रका प्राविधिक विषयहरुमाथी केन्द्रित छ । अर्थतन्त्रको विगत, वर्तमान र भविष्यमा केन्द्रित पुस्तकले विश्व अर्थतन्त्रलाई पनि केल्याउने प्रयास गरेको छ । अर्थतन्त्रबारे रुची राख्नेहरुलाई मात्र नभएर पुस्तक लोकसेवा आयोगको तयारी गर्नेहरु तथा सेयर बजारका लगानीकर्ताहरुलाई उपयुक्त हुन सक्नेछ । प्रर्दशनीमार्ग स्थीति कालिन्चोक पुस्तक पसल वितरक रहेको पुस्तकको मुल्य रु ५ सय रहेकोे छ ।