२०८१ पुष २८ , आइतवार

जनताले महसुस हुनेगरी कर्णाली प्रदेश सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री कँडेल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका जनताले महसुस हुनेगरी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ ।आज जुम्लास्थित नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बौल्दै मुख्यमन्त्री कँडेलले जिल्ला भ्रमणमा पुगेर जनताका समस्या सुनी उहाँहरूको अपेक्षालाई योजनामा समेट्ने काम गरिरहेको उल्लेख गर्नुभयो ।

प्रदेशमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउन प्रतिबद्ध रहेको उहाँको भनाइ छ । आफ्नो नेतृत्वमा प्रदेश सरकारले सेवाग्राहीलाई केन्द्रमा राखेर योजना बनाउने र कार्यान्वयन गरिरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “योजना किनबेचको विषय होइन, यो सेवाग्राहीको हो । योजना निर्माण र कार्यान्वयनमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप, स्वार्थपूर्ण निर्णय र अन्याय हुनुहुँदैन ।”

जनताले चाहेका र जीवनस्तर सुधार गर्नसक्ने योजना मात्र ध्यानमा राखेर प्रदेश सरकारले काम गरेको मुख्यमन्त्री कँडेलको भनाइ छ । “विकास निर्माणलाई मात्र होइन, सुशासन र पारदर्शीताका पक्षमा पनि सरकारलाई सचेत बनाइएको छ”, उहाँले भन्नुभयो ।कर्णाली प्रदेशको विकासका लागि दीर्घकालीन योजना बनाउने र ती योजनालाई जनताको आवश्यकतासँग समाहित गराउने नीति प्रदेश सरकारले अवलम्बन गरेको मुख्यमन्त्री कँडेलको भनाइ छ ।  रासस