२०८१ पुष २८ , आइतवार

नेपाली राजदूतावासमा निर्यात प्रवर्दन सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम आयोजना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली राजदूतावासमा निर्यात प्रवर्दन सम्बन्धी एक अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गरियो ।उक्त कार्यक्रममा महामहिम राजदूत तेजबहादुर क्षेत्रीले नेपालको निर्यात व्यापारलाई प्रवर्द्धन गर्दै नेपाल र युएईबीचको व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने पक्षमा राजदूतावासले सधै उच्च महत्वका साथ कार्य गरिरहेको र व्यावसायीहरुबाट प्राप्त सुझावलाई सकारात्मक रुपमा लिदै दूतावासले सधै सहयोगीको भूमिका निर्वाह गर्ने बताए।

राजदूतावासमा आयोजित अन्तर्क्रिया कार्यक्रममा नेपाल उद्योगी व्यावसायी प्रतिनिधिमण्डल र गैरआवासीय नेपाली संघ, यूएई, नेपाल विजनेस काउन्सिल यूएई तथा यूएईमा रहेका उद्योगी एवं व्यावसायीहरुबीच नेपाल र युएईबीच रहेको नेपालको व्यापार घाटालाई कम गर्दै नेपालको निर्यात बढाउन युएईको बजारमा नेपाली उत्पादनका सामग्रीहरु सहजरुपमा स्थापित गराउने विषयमा वृहत छलफल हुनुका साथै सहभागीहरुबाट महत्वपूर्ण सुझावहरु राखिएको थियो। उक्त अन्तर्क्रिया कार्यक्रममा यूएईको बजारमा नेपाली उत्पादनका सामग्रीहरुको प्रचुर सम्भावना रहेको र निर्यातको क्षेत्रमा हाल देखा परेका चुनौति र भविष्यमा दुईदेशबीच अपनाउनु पर्ने कानूनी तथा नीतिगत उपायहरुका वारेमा उपस्थित व्यावसायीहरुबीच गहन छलफल भएको थियो।

यही 17-20 नोभेम्बर,2024 सम्म दुबईमा आयोजना भएको Middle East Organic and Natural Product Expo-2024, Dubaiमा नेपाल उद्योग बाणिज्य महासंघको संयोजकत्वमा नेपालबाट नेपाल निर्यात व्यावसायी महासंघ लगायत विभिन्न उद्योगी व्यावसायीहरु सहित ३३ जना प्रतिनिधिहरुले भाग लिएका थिए। विगत २२ वर्षदेखि सञ्चालन भएको उक्त Expoमा नेपालबाट पहिलो पटक Nepal Pavilionको १२ वटा स्टल राखिएको थियो।उक्त अन्तर्क्रिया कार्यक्रममा नेपाली व्यावसायी प्रतिनिधमण्डल, गैर आवासीय नेपाली संघ, युएई, नेपाल विजनेस काउन्सिल, युएई, विभिन्न उद्योगी व्यावसायी तथा नेपाली राजदूतावास परिवार सहित करिब ६० जना सहभागीहरुको उपस्थिति रहेको थियो।