२०८१ पुष २४ , बुधवार

उत्कृष्ट करदाता सम्मानित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरले आज कर सप्ताह समापनको अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।र्यालयको क्षेत्राधिकरभित्र रहेका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका उत्कृष्ट करदाता सम्मानित हुनुभएको हो । झापाबाट मेची दृष्टि आई अस्पिटल एण्ड रिसर्च सेन्टर पालि बिर्तामोड, इलामबाट फिक्कल उत्तम स्टोर, पाँचथरबाट श्री केश्रड एण्ड एशोसिएट्स रजिष्टर्ड अडिटर्स र ताप्लेजुङबाट अनिमेश इन्टरप्राजेजलाई सम्मान गरिएको छ ।

कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेका अनुसार कर सप्ताह अवधिभर कार्यालयले कर प्रशासनसँग सम्बन्धित करदाता शिक्षा, सरोकारवालासँग अन्तरक्रिया, जनचेतनामूलक कार्यक्रम, करदाता, कर्मचारी र सरोकारवालाबीच फुटसल प्रतियोगितालगायतका कार्यक्रम गरेको बताउनुभयो ।समापन समारोहमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले राजस्व चुहावट नियन्त्रण गर्दै राजस्व प्रशासनलाई पारदर्शी र व्यवस्थित गर्न सवै पक्षले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । देशभरका आन्तरिक राजस्व कार्यालयमध्ये कार्यसम्पादनका आधारमा आन्तरिक राजस्व कार्यालय भद्रपुर उत्कृष्ट भएको थियो ।

अवैध सामान बरामद

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालले आज झापाको कचनकबल गाउँपालिकाबाट रु १२ लाख २० हजार मूल्यको अवैध सामान बरामद गरेको छ ।अवैध रुपमा भन्सार छली गरी सामान ल्याएको सूचनाका आधारमा कचनलकबल गाउँपालिका–६ का ४० वर्षीय नमाज खातुनको घरबाट ६ पोका लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाईलीले जानकारी दिनुभयो ।

सीमामा हुने अवैध चोरी निकासी तथा पैठारी जस्ता जघन्य गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल सक्रिय भएर लागिपरेको उहाँले बताउनुभयो । बरामद गरिएको लत्ताकपडा भन्सार कार्यालयलाई बुझाइएको छ ।  रासस