२०८१ पुष १० , बुधवार

“आइएमई पे एपको नयाँ सुविधा- IELTSटेस्टको शुल्क अब सजिलै एपबाट तिर्न मिल्ने”

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले IELTS टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ।यस सुबिधा मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत आफ्नोIELTS परिक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्नेछन्।

प्रयोगकर्ताहरुले IELTSको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट,IELTS UKVIको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट,Life Skills A1/A2, B1को निम्ती भुक्तानी आइएमई पे एप मार्फत गर्न सकिने छ। सिमित अवधिको लागि आइएमई पे एपबाटIELTS टेस्टको शुल्क भुक्तानीमा फ्लाट  १००० क्यासब्याक पनि प्राप्त गर्न सकिने जनाएको छ।

‘हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौं,” आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, IELTS शुल्क भुक्तानीको लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्ताहरुलाई आफ्नो उद्देश्यहरु पुरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौं।”