सुनाखरी न्युज/ काठमाडौं ।
सुनचाँदीमा लाग्दै आएको भन्सार दर घटेको छ ।
अर्थ मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार अर्धनिर्मित र धुलो सुन तथा चाँदीको आयातमा लाग्ने भन्सार दर घटेर १० प्रतिशतमा झरेको छ । यसअघि २० प्रतिशत लाग्दै आएको थियो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले महासंघको अथक पहल कदमीका कारण भन्सार दर घटेको बताउनुभयोे ।
महासंघले नेपाल र भातर वीच भन्सार दरमा चर्को असन्तुलन कायम रहेको भन्दै नेपालमा भन्सार दर घटाउन पहल गर्दै आएको थियो ।