२०८१ पुष २८ , आइतवार

धरहरा चढ्न स्वदेशीलाई दुई सय शुल्क

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

काठमाडौंको सुन्धारामा रहेको धरहरामा सर्वसाधरणहरू टिकट काटेर चढ्न थालेका छन्।आइतबार मध्यान्ह साढे १२ बजेदेखि टिकट काउन्टर खुलेको छ।यसअघि परीक्षणका रूपमा धरहरा निःशुल्क खुला गरिएको थियो। अब धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क तोकिएको छ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको थियो।उक्त प्रस्ताव स्वीकृत भएसँगै यही मंसिर ९ गतेदेखि धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ।

स्वदेशी नागरिकको हकमा भने विद्यार्थीले, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन्।