२०८१ मंसिर ९ , आइतवार

एमालेले बुझ्न मानेन महानगरको जरिवाना पत्र

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

काठमाडौं महानगरपालिकाले एक लाख रूपैयाँ जरिवाना गरिएको पत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेको छ।

महानगर प्रहरीका टोली एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको थियो। तर एमालेले उक्‍त पत्र बुझाउन अस्वीकार गरेको हो। त्यसपछि महानगर प्रहरी बलको टोली फर्किएको छ।

एमालेले जागरण सभाबाट दरबारमार्गमा फोहोर भएको भन्दै महानगरले जरिवाना गरेको पत्र सार्वजनिक भएको थियो। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा १ लाख जरिवाना गरिएको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार गरेको हो ।