२०८१ पुष ११ , बिहिवार

भन्सार दर घटेपछि एकैदिन प्रतितोला १५ हजार ९ सयले घट्यो सुनको मूल्य

Gold

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा उच्च गिरावट आएको छ।यस दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १५ हजार नौ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ।सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको हो।

सुन आयातमा सरकारले २० प्रतिशत कर लिदै आएको थियो। मन्त्रिपरिषद्को बैठकले १० प्रतिशत विन्दुले भन्सार दर घटाएर १० प्रतिशत कायम गरेपछि सोमबार सुनको मूल्यमा उच्च गिरावट आएको हो।