२०८१ मंसिर १० , सोमवार

बारुती सुरुङ् खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा ; राष्ट्रसङ्घ

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

म्यानमा सन् २०२३ मा एक हजार ५२ नागरिकको हताहतको उच्च रेकर्डसहित बारुती सुरुङ खतराका लागि विश्वको सबैभन्दा जोखिम युक्त देश बनेको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घका अनुसार म्यान्मामा बालबालीका लागि तुलनात्मक रुपमा अवस्था डरलाग्दो रहेको छ ।

सामाजिक सञ्जाल एक्समा राष्ट्रसङ्घीय समाचार सेवाले म्यानमा सबै भन्दा बढी पीडितहरूका साथ बारुती सुरुङ् खतराको मुख्य मुलुक भएको जनाएको छ ।राष्ट्रङ्घीय बाल कोष (युनिसेफ) तथा बारुती सुरुङ् प्रतिबन्धित गर्ने अन्तर्राष्ट्रिय अभियानको अध्ययनका अनुसार पनि म्यानमा बारुती सुरुङ तथा हतियार हताहतका लागि विश्वको सबैभन्दा घातक देश बनेको छ ।

पछिल्लो समयमा जुन्टाले देशव्यापी प्रतिरोधलाई दमन गर्न बारुती सुरुङ प्रयोग र प्रभाव दोब्बर बनाइरहेको म्यानमाका विशेष प्रतिवेदक टम एन्ड्रुज र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि हेबा हाग्रास विशेष प्रतिवेदकले बताउनु भएको छ ।बारुती सुरुङ प्रभावले म्यानमाका बच्चाहरूमा अधिक प्रभाव पारेको युनिसेफको तथ्याङ्कलेसमेत प्रमाणित गरेको छ । भने घर, विद्यालय, खेल मैदान ,कृषि लगायतका क्षेत्रमा हतियारहरू अन्धाधुन्ध राखिनाले बालबालीका लागि निरन्तर जोखिम बढेको जनाइएको छ ।  रासस/एएनआई