सुनाखरी न्युज/ काठमाडौँ ।
सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।यस दिन नेप्से १५.८३ अंकले बढेर २६८३.२४ विन्दुमा बन्द भएको छ।यसदिन नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ।
गत कारोबार दिन अर्थात् आइतबार ७ अर्ब ७२ करोडको सेयर कारोबार भएकोमा सोमबार ६ अर्ब ३४ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ३८ करोड रूपैयाँ कमी आएको हो।आज ३०९ वटा धितोपत्रको एक करोड २२ लाख ६३ हजार ७८० कित्ता सेयर किनबेच भएको हो।