२०८१ पुष २७ , शनिवार

राहदानी विभागको सेवा सुचारु, अनलाइन फाराम भरी विभागमा आवेदन दिन सकिने

passport

सुनखरी न्युज/ काठमाडौं।

राहदानी विभागबाट राहदानी सेवा सुचारु भएको छ । विभागले सोमबार साँझ  सूचना जारी गर्दै सेवा सुचारु भएको जानकारी गराएको हो ।

राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेकाले राहदानी सेवा अवरुद्ध भएको थियो ।

सेवा सुचारु भएकाले सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ । जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा क्रमशः सेवा विस्तार गरिने पनि विभागले उल्लेख गरेको छ ।

यसअघि आवेदन गरिसकेका ९बायोमेट्रिक समेत० सेवाग्राहीको राहदानी छपाई कार्य नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको विभागको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,‘आ–आफ्नो जिल्ला र इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा आवेदन दिने सम्बन्धी अध्यावधिक जानकारीका लागि तत् तत् निकायमा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ । साथै विभागको टेलिफोन नं।९७७–१-५९७०३३० र ३३१र३३२ मा सम्पर्क गरी थप जानकारी लिन सकिने छ ।’