सुनखरी न्युज/ काठमाडौं।
युक्रेन र नेटोका ३२ सदस्य राष्ट्रका राजदूतहरूले गत हप्ता रूसले प्रयोगात्मक हाइपरसोनिक मध्यवर्ती दूरीको क्षेप्यास्त्र प्रहार गरेको विषयमा केनिद्रत रहि मङ्गलबार ब्रसेल्समा भेट वार्ता गरेका छन् ।रूसले बिहीबार युक्रेनी सहर डिनिप्रोमा आक्रमण गरेको थियो जसलाई राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो नयाँ ओरेसनिक मिसाइलको परीक्षण भएको बताउनु भएको थियो ।क्रेमलिनका नेताले युक्रेनलाई रूस विरुद्ध आफ्नो हतियार प्रयोग गर्न दिने देशहरूमा सैन्य सुविधाहरूमा आक्रमण गर्न मस्कोलाई “अधिकार“ प्राप्त भएको भएको चेतावनी दिएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई रूसको मुर्खाता भन्दै पछिल्लो लडाइँ र नयाँ खतरालाई सामना गर्न अद्यावधिक हवाई–रक्षा प्रणालीका लागि अपील गर्नु भएको ।नेटो–युक्रेन काउन्सिलको बैठक पछि किभले “ठोस र अर्थपूर्ण परिणामहरू“ प्राप्त गर्ने आशा गरेको छ । यद्देपी नेटोका कूटनीतिज्ञ र अधिकारीहरूले मङ्गलबारको परामर्शबाट कुनै नतिजाको खुलासा गरेका छैनन् ।मस्कोको नयाँ हतियारको तैनातीले “नेटोका सहयोगीलाई युक्रेनलाई समर्थन गर्नबाट नरोक्ने वार्ताका सहभागीहरुले जनाएका छन् ।
बैठकले “युक्रेनको हालको सुरक्षा अवस्थाबारे छलफल गरी भिडियो लिङ्कमार्फत युक्रेनी अधिकारीहरूबाट ब्रीफिंग समावेश गर्ने नेटोका एक अधिकारीले बताएका छन् ।मुख्य नेटो शक्ति संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएपछि पश्चिमी समर्थनको भविष्यका बारेमा प्रश्नहरू उठिरहेको समयमा युक्रेनलाई तनाव बढेको छ ।ट्रम्पले किएभका लागि वासिङ्टनको सैन्य सहायता कायम राख्नमा शङ्का व्यक्त गर्दै युद्ध अन्त्य गर्न द्रुत सम्झौताको वाचा गर्नु भएको छ ।
नेटोका वरिष्ठ कमान्डर रोब बाउरले भन्नु भयो “म कल्पना गर्न सक्दिन कि पुटिनलाई विजेताका रूपमा ती सम्भावित वार्ताबाट बाहिर निस्कन अनुमति दिनु अमेरिकाको हितमा छ“ ।युद्ध मैदानमा युक्रेनका थकित सैनिकहरू देशको पूर्वमा रूसी सेनाको प्रगति रोक्न सङ्घर्ष गरिरहेका छन् ।नेटो र युक्रेनले सन् २०२३ मा संयुक्त परिषद्को स्थापना गरी किएभलाई उपयुक्त देखिएमा गठबन्धनसँग बैठक बोलाउन अनुमति दिएका थिए । रासस/एएफपी