सुनखरी न्युज/ काठमाडौं।
मैथली एसोसिएसन नेपालले मान इन्टरनेसनल अवार्ड प्रदान गर्ने भएको छ ।यही मङ्सिर १५ गते विराटनगरमा हुने सो कार्यक्रममा नेपाल र भारतका एक सयभन्दा बढीलाई अवार्ड प्रदान गरिने एसोसिएसनका अध्यक्ष प्रवीणनारायण चौधरीले जानकारी दिनुभयो ।
मैथिली, नेपाली, हिन्दी, भोजपुरी, बङ्गाली र अन्य भाषाभाषीका स्रष्टा, उद्यमी, चलचित्रकर्मीलयातलाइ अवार्ड प्रदान गरिने अध्यक्ष चौधरीले बताउनुभयो । सो अवार्ड कार्यक्रमले मैथिली कला, साहित्य, संस्कृतिको संरक्षण, सम्बद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
समारोहमा भारतका प्रख्यात व्यक्तित्वहरु वैभव मिश्रा, विक्रान्त बि जाधव, राहुल सिन्हा,डा ए कुमार, सञ्जिकुमार मिश्र, आचार्य धमेन्द्रनाथ मिश्र, कमरुदिन नदाफ, डा राजेश झा, डा रजनिस रञ्जन, डा मनिष रञ्जन, सुनयना ठाकुर, वीरेन्द्र झा लगायत नेपालका प्रतिष्ठित साहित्यकार एवं स्रष्टाहरुको सहभागिता रहने अध्यक्ष चौधरीले जानकारी दिनुभयो । रासस