२०८१ पुष २७ , शनिवार

बीआरआई दस्ताबेजमा संशोधन गर्न कांग्रेसको प्रस्ताव, संशोधन गर्न दुवै दल तयार

Nepal-China

सुनाखरी न्युज/ काठमाडौं ।
‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ कार्यान्वयन योजना सम्झौताका लागि चीनले पठाएको दस्ताबेजका विषयमा सत्तारूढ कांग्रेस र एमालेले अझै साझा धारणा बनाउन सकेका छैनन् । चिनियाँ दस्ताबेज संशोधन गर्न दुवै दल तयार भए पनि त्यसमा समेटिनुपर्ने विषयमा मतैक्य बन्न सकेको छैन । ‘बीआरआई फ्रेमवर्क’ भित्रका परियोजनाका लागि अनुदान मात्रै लिने सवालमा भने दुई दलको मत मिलेको छ ।

 

चीनले केही दिनअघि पठाएको करिब १० पृष्ठ लामो कार्यान्वयन योजना सम्झौतासम्बन्धी दस्ताबेजमा दोहोरो अर्थ लाग्ने वाक्य समावेश भएको, सुरक्षा र रणनीतिक साझेदारका छनक आउने विषय जोडिएको र कतिपय सवाल जसले जस्तो अर्थ र व्याख्या गरे पनि हुने खालको रहेको भन्दै कांग्रेसले संशोधन गर्नुपर्ने प्रस्ताव गरेको छ । कांग्रेसले लिखित रूपमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संशोधनका बुँदा पठाएको छ । कांग्रेसले राखेका चासो र सरोकारमा प्रधानमन्त्री ओलीले चिनियाँ प्रतिनिधिहरूसँग समानान्तर रूपमा छलफल गरिरहेको स्रोतले जनाएको छ ।

कांग्रेसका एक पदाधिकारीले पार्टीले राखेका सरोकारलाई चीनले मान्ने अवस्था रह्यो भने त्यसमा हस्ताक्षर गर्न आपत्ति नहुने बताए । ‘सन् २०१७ मा बीआरआईमा एमओयू (समझदारीपत्र) मा हस्ताक्षर भएदेखि नै केही प्रगति भएको छैन ।