२०८१ मंसिर १२ , बुधवार

उद्योगहरुमा लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको छ। विद्युत नियमन आयोगको चिठ्ठी अनुसार वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने तत्काल उद्योगमा बिजुली नकाटिने निर्णय भएको सञ्चालक समिति सदस्य कपिल आचार्यले बताए।

आयोगको बेलाबेला हुने यस्तो निर्णयले समस्या दोहोरिरहने र राजस्व गुम्ने खतरा हुने आचार्यले बताए। अर्को वैकल्पिक बाटो के हो कसरी उठाउने भन्ने बारे भने खुलिसकेको छैन।

मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि बुधबार समितिको बैठक बसेको थियो। बैठक सकिएको छ।