सुनाखरी न्युज/ काठमाडौं ।
स्वदेशी उत्पादनहरुलाई थप ससक्त र बजारीकरण गर्नका लागि ब्यापार प्रवर्द्धन महत्वपूर्ण रहेको वर्तमान अबस्थामा यस कम्पनीले आफ्नो उत्पादनहरुलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का लाई आफ्नो सद्भावना दुत (Brand Ambassador) को रुपमा नियुक्त गरेको छ ।
कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यस अघि नेपालका चर्चित कलाकारहरु लाई समेत सद्भावना दुत नियुक्ति गरिसकेको अवस्थामा पछिल्लो समय नेपाली खेल क्षेत्रको बिकास र युवाहरुको चाहना र भावना लाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अबस्थामा खेल र खेलाडीहरुलाई पनि थप प्रोत्साहन गर्ने उदेश्यका साथ उहाँ संग सहकार्यकालागि हातहरु अगाडी बढाएको कम्पनीको भनाइ छ।
खड्कासँग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथ-साथै हाम्रा उत्पादनहरुलाई प्रवर्द्धन गर्न र बजारीकरण बिस्तारका निमित्त थप टेवा पुग्ने अपेक्षा कम्पनीको छ।हामी बिचको यस सहकार्यले हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरु तथा खेल प्रेमी नेपालीहरुको चाहना र भावनाको कदर गरेको महसुस भएको छ । यस सहकार्यले हाम्रा उत्पादनहरु स्वदेशी रुपमा मात्र परिचित नभई अन्तराष्ट्रिय स्तरमा नै परिचित हुने कम्पनीको विस्वास छ।