२०८१ पुष २७ , शनिवार

घर मर्मत सम्बन्धी सबै काम मोबाइल एप बाटै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बिश्वजगतमा हरेक दिन प्रबिधिले फड्को मारीरहदा नेपालमा पनि घर सम्बन्धी सम्पूर्ण किसिमको सेवा दिने मोबाइल एप्लिकेशन सेवा एपले बिगत २ बर्ष देखि सेवा दिइ रहेको छ । जसमा एउटा घरधनीलाई आवश्यक हुने सबै किसिमका सुबिधाहरुः घरभाडा सम्झौता , घरभाडा डायरी देखि धारा बिजुली बनाउने कामदार र त्यस्ता कामको सुपरिवेक्षणका लागि प्राबिधिक इन्जिनियर सम्म बोलाउन सकिने फिचरहरु छन् ।

यस एपले बिशेषत काठमाण्डौँ भ्याली भित्र सेवा दिइरहेको छ तथापी देशका मुख्य शहरहरु पोेखरा, चितवन, इटहरी, बुटवलबाट पनि यसको माग बढ्दो रहेको संस्थापक प्रशान्त प्रधान बताउछन् ।संस्थापकका अनुसार हाल यो एपमा १३ हजार ग्राहक र २ हजार प्राबिधिकहरु जोडिएका छन् तथापी प्राय ग्राहकहरु एपबाट भन्दा पनि सिधै सम्पर्क गरेर सेवालिन चाहन्छन् यो अवस्था हेर्दा बिशेषत घरधनी उमेरका समुह प्रबिधिमैत्री नभैसकेको भान हुन्छ ।

सेवा एपका सामाजिक संजालहरुबाटै घरसम्बन्धी कन्टेटहरु समेत प्रदान गरिने हुदाँ अहिले सेवा एपलाई सेवा दिएर भ्याइनभ्याइ नै छ ।
सेवा एपलाइ बिशेषत मोडुलर किचेन, नयाँ कोठा निर्माण, स्काइ लाइट, बाथरुम निर्माण तथा नबिकरण जस्तो सेवाहरुका लागि ग्राहकहरु बढी सम्झनछन् । तुलनात्मक रुपमा कम र निश्चित मूल्य, काम समापन पछिको वारेन्टी, सुपरिवेक्षण सहितको सेवा र इन्जिनियरिङ र आर्किटेक्ट सहितको सेवाका कारण पनि यस कम्पनिमा ग्राहकहरु आकर्षित देखिन्छन ।यस्ता सेवाहरु प्रदान गर्नका लागि यस कम्पनीले आफैले तालिमयुक्त र नयाँलाई समेत तालिम दिइ फुलटाइम स्टाफको रुपमा राखेको छ ।सेवा र एप्लिकेसन सम्बन्धी थप जानकारीका लागि www.sewaapp.comअथवा 9801267770 , 015970266 मा सम्पर्क गर्न सकिन्छ ।