२०८१ मंसिर २० , बिहिवार

स्थानिय तह उपनिर्वाचनः मतदान केन्द्र वरपर सेनाको गस्ती

sena-nepali

सुनाखरी न्युज/काठमाडौं ।

नेपाली सेनाले  स्थानीय तह उपनिर्वाचनको दिन मतदान केन्द्र वरपर गस्ती गरेको छ । काठमाडौंको कीर्तिपुर क्षेत्रमा सेनाले पैदल गस्ती गरेको हो ।

कीर्तिपुर नगरपालिकाको मेयर तथा वडा नम्बर १ र ४ को अध्यक्ष चुन्न उपनिर्वाचन भइरहेको छ । काठमाडौं महानगरपालिकाको वडा नं १६ को अध्यक्ष पदमा पनि उपनिर्वाचन भइरहेको छ ।

 

बिहान ७ बजेदेखि सुरु मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन स्वच्छ, मर्यादित र भयरहित ढंगले सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ ।

सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरीलाई खटाइएको छ । त्यसपछि सशस्त्र प्रहरी र अन्तिम तथा सबैभन्दा बाहिरी घेरामा नेपाली सेना रहने गरी प्रबन्ध मिलाइएको छ ।

 

आवश्यकता अनुसार सादा पोशाकमा विशेष प्रहरी पनि परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतले बतायो ।