२०८१ पुष ७ , आइतवार

ज्योति विकास बैंकका ग्राहकहरुलाई “E-Revolving Indian Cuisine Restaurant”मा विशेष छुट

Capture

सुनाखरी न्युज/काठमाडौं ।

ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित “E-Revolving Indian Cuisine Restaurant”मा बैंकका ग्राहकहरूलाई १०%सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रेस्टुरेन्टमा १०%सम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ। स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा एक सुस्त घुमाउरो घुम्ने विशेषताका कारण, काठमाडौँको न्युरोडमा रहेको यो रेस्टुरेन्टले ग्राहकहरूको मन जित्दै विशिष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ।

हालै बैंकले काठमाडौँस्थित “Achaar Ghar”, “Nepal House Restaurant & Bar” र “Mahotsav Restaurant & Bar”मा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, बैंकले काठमाडौँस्थित प्रख्यात”Soyachha Traders” मा १८% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, बैंकले “Annapurna Cable Car” मा १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको बैंकको भनाइ छ।