२०८१ पुष २७ , शनिवार

समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/काठमाडौं ।

समृद्धि फाइनान्सले मंसिर १४ गते शुक्रबारको दिन संस्थाको इटहरी शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रम एडुटेक कलेज, इटहरी-६ का २० जना बिधार्थीलाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।