२०८१ पुष ७ , आइतवार

ज्योति विकास बैंकका ग्राहकहरुलाई “Hummer Fitness & Gym” मा विशेष छुट

Capture

सुनाखरी न्युज/काठमाडौं ।

ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित “Hummer Fitness & Gym” मा बैंकका ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फिटनेस एन्ड जिममा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।

आधुनिक मेसिनहरु तथा गुणस्तरीय सेवा र ट्रेनरहरु सहितको Hummer Fitness and Gym ले स्वस्थ जीवनशैली र व्यायामलाई महत्त्व दिदै सेवा प्रवाह गर्दै आएको छ।हालै बैंकले काठमाडौँस्थित “Jasmine Fitness Club & Spa” मा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, बैंकले चितवनस्थित “Surya Kiran Fiber Industries” मा १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

साथै, बैंकले “Miraz Bakery” मा १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।