२०८१ पुष २७ , शनिवार

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/काठमाडौं ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले धनुषा जिल्ला महेन्द्रनगर वडा नंं ७ मा अवस्थित गंगोत्तरी उच्च माध्यमिक इङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरुको वित्तीय जानकारी अभिबृद्धिका लागि डिजीटल बैंकिङ्ग, विप्रेषण सेवा, शेयर कारोवार सम्बन्धी जानकारी र सि–आस्वा, बैंकिङ्ग कर्जा, बैंक खाता, बिमा लगायत सम्बन्धमा जानकारी दिने गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेकोमा गंगोत्तरी उच्च माध्यमिक इङलिस बोर्डिङ स्कुलका तर्फबाट प्रिन्सिपल गणेश कुमार साह, यस संस्थाका शाखा कार्यालय महेन्द्रनगरको शाखा प्रबन्धक संजोग शर्मा तथा कर्मचारीहरुको समुपस्थिति रहेको थियो ।

संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत यस संस्थाले विगत देखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्य गर्दै आईरहेकोे छ । आगामी दिनहरुमा पनि यसै गरी निरन्तरता दिने कुरामा यस संस्था प्रतिबद्व  रहेको कम्पनीले जनाएको छ ।