सुनाखरी न्युज/काठमाडौं ।
नीरज मान सैंजु नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेप्युटी सिइओमा नियुक्त भई आजबाट कार्यभार सम्हाल्नु भएको छ । सैंजुज्यू सँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य अनुभव रहेको छ भने वहाँले एमबिएस तथा एमबिए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका छन् ।
वहाँको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाँईमा लान महत्वपूर्ण योग्दान पुग्ने कुरामा कम्पनी विश्वस्त रहेको छ ।एनसीएचएलले आफ्नो १२६ भन्दा बढि कर्मचारी मार्फत ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई NCHL-ECC, NCHL-IPS, Retail Payment Switch (RPS), connectRTGS, National Payments Interface (NPI), connectIPS, CORPORATEPAY,NEPALPAY QRरEFT Services सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।
साथै यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/ पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायत १०० भन्दा बढि इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन् । हाल एनसीएचएलले NPSअन्तर्गत National Card SwitchरNEPALPAY Cardपनि कार्यान्वयन गर्ने क्रममा रहेको छ ।