२०८१ पुष २७ , शनिवार

यी हुन् नेपाल-चीनबीच भएका नाै समझदारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल र चीनबीच विभिन्न ९ समझदारी पत्रमा हस्ताक्षर भएको छ। मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा परराष्ट्र सचिव अमृत र चिनियाँ विदेश मन्त्रालयका प्रतिनिधिले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

1)टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान

2)नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र

3)नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान

4) थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल

5)विकास योजना सम्बन्धी समझदारी पत्र

6)आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र

7)नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान

8)स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र

9)नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

खासगरी कनेक्टिभिटी, इण्डस्ट्रियल डेभलपमेन्ट, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, मेडिकल कोअपरेसन, एग्रिकल्चर, ट्रेड, टुरिजम, इन्भेष्टमेन्ट, साइन्स एण्ड टेक्नोलोजी, स्पोर्टस् , डिजास्टर म्यानेजमेन्ट, पिपुल टु पिपुल कन्ट्याक्ट र गरिबी निवारण लगायतका विषयमा सहयोग अदान प्रदान गर्ने विषयमा सहमति र समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालले जानकारी दिए ।