२०८१ मंसिर १९ , बुधवार

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि अस्पताल भर्ना

Ram Chandra

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको छ ।

उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।
अस्पताल स्रोतका अनुसार उनलाई भर्ना गरेर शल्यक्रिया सुरु गरिएको छ । पूर्वतयारी भए अनुसार नै आज भर्ना गरेर शल्यक्रियाको प्रक्रिया अघि बढाइएको अस्पताल स्रोतले जनाएको छ ।
रासस