२०८१ पुष २७ , शनिवार

दक्षिण कोरियामा राष्ट्रपतिद्धारा इमरजेन्सी मार्सल ल घोषणा

South Korea President

सुनाखरी न्युज/ काठमाडौं ।
दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलेले मंगलबार ‘इमरजेन्सी मार्सल ल’ घोषणा गरेका छन्।

दक्षिण कोरियामा सन् १९८० को दशकको अन्त्यमा सैन्य तानाशाही समाप्त भएपछि पहिलोपटक कुनै राष्ट्रपतिले मार्सल ल घोषणा गरेका हुन्।

विपक्षी पार्टीलाई विद्रोहको योजना बनाएको र स्वतन्त्र लोकतन्त्र ढाल्ने प्रयास गरेको आरोप लगाउँदै उनले आपतकालीन मार्सल ल (सैनिक कानुन) घोषणा गरेका द न्यूयोर्क टाइम्सले लेखेको छ।

मार्सल ल घोषणा गरे पनि नागरिक र राजनीतिक दलहरूका कुन कुन अधिकार निलम्बित हुन्छन् भनेर राष्ट्रपति यूनले केही बताएका छैनन्।

तर मार्सल लका कमान्डर नियुक्त भएका सेनाका जनरल पार्क आन(सूले भर्खरै राजनीतिक दलहरूका गतिविधि र नागरिकले गर्ने र्‍यालीहरू सहित ुसबै प्रकारका राजनीतिक गतिविधिु माथि प्रतिबन्ध लगाएका द न्यूयोर्क टाइम्सले जनाएको छ।

एजेन्सी