२०८१ मंसिर १९ , बुधवार

सिभिल मलमा एससिटी–युपिआइ कार्डधारकहरूका लागि निःशुल्क पार्किङ सुविधा सुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र काठमाडौँको मुटु सुन्धारामा रहेको सिभिलबिच एससिटी–युपिआइ कार्डधाराकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ ।

यस सेवा अन्तर्गत SCT–UPI कार्डधाराकहरूले आफ्नो SCT–UPI कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सकिने छ । डिसेम्बर १, २०२४ ९मङ्सिर १६, २०८१० देखि सुरु भएको यो सेवा हाललाई ६ महिना सम्म लागु हुनेछ ।

SCT–UPI डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले SCT को कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सकिने छ । SCT-UPI कार्डधाराकहरूले आगमी दिनहरूमा पनि यस्तै अझै विभिन्न लाभहरू र थप सुविधाहरू प्राप्त गर्न सकिने छ ।