सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा आज बुधबार सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँ पुगेको छ।