२०८१ मंसिर २० , बिहिवार

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट,नौ अर्ब १३ करोडको कारोबार

Share

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।नेप्से २४.९७ अंकले घटेर २७५०.८९ विन्दुमा बन्द भएको छ।यसदिन नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ।

गत कारोबार दिन अर्थात् मंगलबार आठ अर्ब ५२ करोडको सेयर कारोबार भएकोमा बुधबार नौ अर्ब १३ करोडको कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६१ करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३२० वटा धितोपत्रको दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता सेयर किनबेच भएको हो।