सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते बेएजिङ गएका थिए । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
त्यही क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा सम्झौता समेत भएको छ ।