२०८१ पुष २७ , शनिवार

काठमाडौं उपत्यकाको तापक्रम बढ्यो

weather 3

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ उपत्यकाको न्यूनतम  तापक्रम बिहीबारको तुलनमा शुक्रबार ३ डिग्री सेल्सियसभन्दा बढीले बढेको छ । उपत्यकाको न्यूनतम तापक्रम क्रमश बढ्दै गएको हो ।मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार बिहीबार ५।७ डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम एकैदिनमा बढेर शुक्रबार ८।९ डिग्री सेल्सियसमा उक्लिएको हो ।

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम् र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ । मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ ।

मौसमविदहरुका अनुसार राति आकाशमा बादल लागेको दिन न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा न्यूनतम तापक्रम घट्छ । न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८ः४५ तथा अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ ।