२०८१ पुष २८ , आइतवार

मिडिया नेपालले पत्रकार महासंघको निर्वाचन बहिस्कार गर्ने

patrakar mahasang1616899414

सुनाखरी न्युज/ काठमाडौं ।

मिडिया नेपालले आसन्न पत्रकार महासंघको निर्वाचन बहिस्कार गर्ने भएको छ । महासंघको नयाँ नेतृत्व चयनका लागि यही मंसिर २८ गते हुने निर्वाचनको शुक्रबार मनोनयन दर्ता कार्यक्रम सकिएको छ ।

“महासंघको घिनलाग्दो गतिविधिले धेरै अग्रज र सकृय पत्रकार महासंघको सदस्य बन्न रुचाउँदैनन्,” मिडिया नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “आफ्नो पेसा नै पत्रकारितामा बनाएका साथीहरू बाहिर बसेर कहिल्यै पत्रकारितामा नदेखिएहरूको हालिमुहाली रहेको महासंघको निर्वाचनमा मिडिया नेपालले भाग नलिने र बहिष्कार गर्ने निर्णय गरेको छ ।” शुक्रबार मिडिया नेपालका अध्यक्ष गोपालप्रसाद पौड्यालले विज्ञप्ति जारी गरेर आफूहरुले आसन्न महासंघको निर्वाचन बहिस्कार गर्ने जानकारी दिएका हुन् ।

‘सदस्यता सुदृढीकरणको नाममा क्रियाशिल पत्रकारहरुलाई सदस्य बन्नबाट बन्चित गरेर पार्टीका भ्रातृ संगठनका कार्यकर्ता भर्ती गरेर गर्न लागेको निर्वाचनको मिडिया नेपाल घोर आपत्ति र विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । “सक्कली पत्रकार बाहिर बसेर टुलुटुलु हेर्न र नक्कली पत्रकारको हालिमुहाली भएको नेपाल पत्रकार माहासंघको चुनाव मिडिया नेपालले टुलुटुलु हेर्न सक्दैन र बहिस्कार र बिरोध गर्दछ,” मिडिय नेपालका अध्यक्ष गोपाल प्रसाद पौड्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।