सुनाखरी न्युज/ काठमाडौं ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।आज नेप्से ४५.९३ अंकले घटेर २६८९ विन्दुमा बन्द भएको छ।
नेप्से १२ दिनपछि २७ सय विन्दु तल झरेको हो।यसअघि गत मंसिर १० गते नेप्से २७०० विन्दुभन्दा तल बन्द भएको थियो। उक्त दिन नेप्से २६८३.२४ विन्दुमा बन्द भएको थियो।यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
गत कारोबार दिन अर्थात् बिहीबार आठ अर्ब ३६ करोडको सेयर कारोबार भएकोमा आइतबार सात अर्ब ४६ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९० करोड रूपैयाँ कमी आएको हो।आज ३२१ वटा धितोपत्रको एक करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर किनबेच भएको हो।